दुई करोडको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ

मुस्ताङ | पुस २९, २०८२

दुई करोडको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट बरामल गरेको इलेक्ट्रिक चुरोट । तस्बिर : सशस्त्र प्रहरी

मुस्ताङ: मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट दुई करोड २४ लाख ५९ हजार ३२० रुपियाँ बराबरको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ परेका छन् । 


पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्ला, सुनकोशी गाउँपालिका ५ का ३२ वर्षीय पेमा लामा रहेको सशस्त्रका सह–प्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।


ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा तीन–चार दिनअघि चीनबाट अवैध रूपमा ल्याई नेपाल–चीन सीमाको कोरोला नाका नजिक गाडीमा लोड गरिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनी नियन्त्रणमा लिइएका हुन् । लामालाई कन्टेनरका चालकसहित नियन्त्रणमा लिइएको छ ।


सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट नेचुङ्गका नायव निरीक्षक उदयबहादुर कुमालको कमाण्डमा खटिएको सुरक्षा फौज, मुस्ताङ भन्सार कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले लामालाई कन्टेनरसहित नियन्त्रणमा लिएको हो ।


बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ । नियन्त्रणमा लिइएका लामालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा पठाइएको छ । कन्टेनर बिग्रिएको कारण त्यसमा रहेको टिस्यु पेपर र ट्वाइलेट पेपर भन्सार कार्यालयले सिल गरी सुरक्षित राखेको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्